नियम १०३
बेरुजुको लगत पठाउनु पर्ने
(१) असूल उपर गर्नु पर्ने ठहरिएको बेरुजु रकम सम्बन्धित कार्यालयले नै असूल उपर गर्नु पर्नेछ । सम्बन्धित कार्यालयले त्यस्तो बेरुजु रकम एक वर्षभित्र पटक पटक कारबाही गर्दा पनि असूल उपर गर्न नसकेमा असूल उपर
गर्न नसक्नाको कारण खोली लेखा उत्तरदायी अधिकृत समक्ष पेश गर्नु पर्नेछ । यसरी पेश हुन आएको व्यहोरा लेखा उत्तरदायी अधिकृतले अनुसूची–१५ बमोजिमको ढाँचामा विवरण भरी केन्द्रीय तहसील कार्यालयमा लगत पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त हुन आएको विवरण केन्द्रीय तहसील कार्यालयले जाँची रीत पुगेको भएमा सात दिन भित्र लगत कसी सोको जानकारी सम्बन्धित निकायलाई दिनेछ । त्यसरी प्राप्त भएको जानकारीको आधारमा सम्बन्धित निकायले आफ्नो बेरुजुको लगत कट्टा गर्नु गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त विवरण जाँच गर्दा गणितीय त्रुटि देखिएमा केन्द्रीय तहसिल कार्यालयले लेखा उत्तरदायी अधिकृत समक्ष पुनरावलोकनको लागि लेखी पठाउनु पर्नेछ ।